एनआईशी एशिया बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
३० फागुन, काठमाडाैँ । एनआईसी एशिया बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेकाे छ । बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदर अनुसार चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएकाे छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ६.८५ प्रतिशतले धेरै हो । बैंकले फागुन महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८ प्रतिशत ब्याजदर दिएको थियो ।
बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७.५० प्रतिशत,३ महिनादेखि १२ महिनाका लागि ८.१०० प्रतिशत,१२ महिनाका लागि ८.२५० प्रतिशत,१२ देखि १८ महिनासम्मका लागि पनि ८.२५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि ८.५४८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि बढाएकाे छ । फागुन महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले चैत महिनाका लागि भने ७.५४८ प्रतिशत प्रदान गर्ने भएको छ ।
प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १०:३४