४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

नेप्सेमा दुई कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

२९ फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलतबार दुई कम्पनीको मूल्य समायोजन भएको छ । नेप्सेमा माउन्टेन इनर्जी र नेशनल लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

नेप्सेले माउन्टेन इनर्जीको १५ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५५७ रुपैयाँ ३९ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ६४१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

त्यसैगरी, नेशनल लघुवित्तको ७.५० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार १३४ रुपैयाँ ८१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार १ हजार २२० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो  । यी दुवै कम्पनीको सोही मूल्यको आधारमा नै बुधबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १६:४६