४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

नेप्सेमा उछाल, ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट

२९ फागुन, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचक ५८.५५ अंकले बढेर २१११.२१ विन्दुमा पुगेको छ। यस दिन ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख ९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

मंगलबार ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन शिवम् सिमेन्ट्सकाे सबैभन्दा बढी काराेबार भएकाे छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १५:२३