२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

कर्णाली पुल केही समयका लागि बन्द, वैकल्पिक बाटो अपनाउन आग्रह

२९ फागुन, (लम्की) कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहीले कर्णाली पुल केही समयका लागि बन्द गरिएकोले वैकल्पिक बाटो अपनाउन आग्रह गरेका छन् ।

उक्त पुलमा सोमबार साँझ भएको आगलागीबाट आंशिकरूपमा क्षति भएकाले आज बिहान क्षतिको स्थलगत निरीक्षणपछि उनले पुलबाट तत्काल सवारी साधन सञ्चालन नगर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेका हुन् । उनले टीकापुर भएर हुलाकी राजमार्ग प्रयोग गर्न सम्बद्ध सबैमा आग्रह पनि गरेका छन् ।

पुलमा भएको क्षतिको जानकारी लिन काठमाडौँ र बुटवलबाट सम्बन्धित निकायका अधिकारी एवं प्राविधिक टोली आउन लागेको मुख्यमन्त्रीले बताएका छन् । पुलको मर्मतसम्भारपछि त्यहाँबाट सवारी साधन सञ्चालन गर्नेनगर्नेबारेमा बताउन सकिने मुख्यमन्त्री शाहीले बताए । पुलबाट एम्बुलेन्स सञ्चालनको अनुमति दिनुपर्नेमा स्थानीय निकायका पदाधिकारीले जोड दिएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार १२:१३