१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्विप

२९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गर्दै सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते संसद्‌मा विश्वासको मत लिँदै छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार ११:२१