१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

प्रधानमन्त्री प्रचण्ड, ओली र माधव नेपालबीच भेटवार्ता

२९ फागुन, काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मंगलबार बिहान बालुवाटारमा भेटवार्ता भएको हो ।

उनीहरूबीच राष्ट्रिय सभा अध्यक्ष पदका लागि आज हुने निर्वाचन र बुधबार प्रधानमन्त्रीले प्रतिनिधि सभाबाट लिने विश्वासको मतलगायत विषयका सन्दर्भमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार ११:०९