१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

तेस्रो किस्ताको मन्त्रीपरिषद् विस्तार आज, माओवादी र एमालेका मन्त्रीको सपथ ४ बजे

२ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो किस्ताको मन्त्रिपरिषद् विस्तार आज गर्ने भएका छन । ओलीले आज माओवादी र एमालेका केही मन्त्रीलाई नियुक्त गर्ने तयारी गरेका छन ।

राष्ट्रपति कार्यालयले दिउँसो ४ बजेका लागि मन्त्रीहरुको समपथको तयारी गरेको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार दिउँसो ४ देखि ६ बजेको समय सपथका लागि छुट्इएको छ ।

ओलीले आज नेकपा एमालेका तर्फबाट सचिवहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्ट मध्येबाट मन्त्रिपरिषद्मा सहभागी गराउँदै छन । त्यस्तै गोकुल बास्कोटा, भानुभक्त ढकाल, रविन्द्र अधिकारी, रघुबीर महासेठ, र नारदमुनी राना मध्येबाट पनि केहीलाई मन्त्री बनाउने तयारी गरेका छन ।

मओवादी मन्त्रीको सूची प्रचण्डले बुझाइ सकेका छन । माओवादीबाट वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल र विना मगर मन्त्री बन्दै छन । संघीय समाजवादी फोरमले दुई मन्त्रालय पाउने निश्चित भए पनि सरकारमा कोको जाने भन्नेमा मतभेद रहेका कारण निर्णय हुन सकेको छैन ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ११:४४