४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

बढ्न थाल्यो सेयर धितो कर्जा, ७ महिनामा ८५ अर्ब रुपैयाँ प्रवाह

२८ फागुन, काठमाडौं । सेयर धितो कर्जा बढ्न थालेकाे छ । ७ महिनामा सेयर धितोमा जाने कर्जा ११.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म सेयर धितो कर्जा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ ।

गत असार मसान्तसम्ममा ७६ अर्ब ३० करोड रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो । यस आधारमा हेर्दा ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा ९ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

पछिल्लो एक महिनामा मात्रै ८८ करोड रुपैयाँले सेयर धितो कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुसमा ८४ अर्ब २९ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ११:१०