एक कम्पनीको ५.२६ प्रतिशत नगद लाभांश सेयरधनीहरुको खातामा जम्मा
२८ फागुन, काठमाडौँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले सेयरधनीहरूको खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ ।
एचआइडीसीएलले गत वर्षको नाफाबाट प्रस्ताव गरेको कर सहित ५.२६ प्रतिशत नगद लाभांश सेयरधनीहरूको खातामा जम्मा गर्न सुरु गरेको हो । कम्पनीको पुस २९ गते बसेको साधारण सभाले सो लाभांश प्रस्ताव पारित गरेको थियो । सोही लाभांश सेयरधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको सम्बन्धि बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार १०:१३