४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

नेप्सेमा चार कम्पनीको साढे ११ करोड कित्ता सेयर सूचिकृत

२८ फागुन, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । नेप्सेमा चार कम्पनीकाे साढे ११ करोड कित्ता सेयर थपिएको छ । नेप्सेमा अपरताकोशीको शतप्रतिशत हकप्रद र अन्य तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा अपर तामाकोशीको १०० प्रतिशत बापतको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै, नेपाल एसबिआई बैंकको ३७ लाख ९५ हजार २३५ दशमलव ७६४८ कित्ता, आरएसडीसी लघुवित्तको ७ लाख ४६७ हजार ८२८ दशमलव ६५ कित्ता र मुक्तिनाथ विकास बैंकको ६२ लाख ६० हजार ३७७ दशमलव ७६ कित्ता बोनस सेयर गरी चार कम्पनीको ११ करोड ६७ लाख ३ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

यी चारै वटा कम्पनीहरुको सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार ०९:५८