नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात, गंगालाल अस्पतालमा उपचार हुँदै
७ मंसिर, काठमाडाैँ । नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ। काफ्लेको अहिले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा उपचार भैरहेको छ । स्वास्थ्यमा असहज महसुस गरेका काफ्लेलेलाई बिहीबार ह्याम्स अस्पताल लगिएको थियो।
आज बिहानबाट थप समस्या देखिएपछि उनलार्इ गंगालल अस्पताल लगिएको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले दैनिकीलार्इ जानकारी दिए । उनका अनुसार काफ्ले खतरामुक्त छन्।उपचाररत काफ्लेलाई भेट्न कांग्रेस केन्द्रीय सदस्य अर्जुनरसिंह केसी लगायतका नेता अस्पताल पुगेका छन्।
प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार ११:५८