डडेलधुरा बस दुर्घटना अपडेटः मृतक १८ मध्ये १० जनाको सनाखत
७ मंसिर, डडेलधुरा । डडेलधुराको डा केआई सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको दुर्घटनामा ज्यान गुमाएका १८ जना मध्ये १० जनाको सनाखत भएको छ ।
ट्राफिक प्रहरी पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीका अनुसार मृत्यु हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का ३५ वर्षकी शशी विक, त्यही नगरपालिका वडा नं ११ की २५ वर्षकी गोदा भाट, वडा ८ का ४० वर्षका कैलाश रावल र ४० वर्षका योगेन्द्र रावल रहेका छन ।

त्यस्तै डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षका चक्र धामी, डोटी शिखर नगरपालिका–१० का रोहित बलायर, डडेल्धुरा जिल्ला गन्यापधुरा ३ का ३० वर्षकी माया रावल, कैलाली गोदावरी १० का पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का १७ वर्षका तिलक खाती र ३० वर्षका तेज धामीको दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा २६ जना घाइते भएकोमा ११ जनालार्इ थप उपचारका लागि कैलाली पठाइएको छ ।
प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार ०९:३०












