सुदुरपश्चिममै फेरि अर्को दुर्घटना, जात्रालु बोकेर फर्किएको बस दार्चुलाको भीरबाट खस्यो
७ मंसिर, दार्चुला । सुदुरपश्चिम प्रदेशमै फेरि अर्को बस दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेशको दार्चुलामा शुक्रबार बिहान मिनिबस दुर्घटना भएको छ । मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगा आइरहेको म १ ख ४३६ नम्बरको बस मालिकार्जून गाउँपालिका ३ मा भीरबाट खसेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मालिकार्जुन मन्दिरको जात्रा गएका भक्तजनलाई लिएर आइरहेको बस शुक्रबार विहान पौने पाँच बजे दुर्घटनामा परेको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि अस्पताल पठाइएकोे प्रहरी प्रमुख डीएसपी नवराज अधिकारीले बताएका छन । बिहीवार लागेको जात्रा हेरेर घर फर्किरहेका यात्रु सवार मिनिबस दुर्घटनामा परेको हो । बसमा करीब ३० जना भन्दा बढी यात्रु सवार रहेको जनाइएको छ । घटनाबारे पूर्ण विवरण आउन बाँकि रहेको छ ।
प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार ०८:२२












