२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

यस्तो छ सर्वोत्तम सिमेन्टको सेयरले पाउने ओपनिङ रेन्ज

२५ फागुन, काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ आज बाँडफाँड भएको छ। कम्पनीले बुक विल्डिङ विधिमार्फत निष्काशन गरेको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ ।

यतिबेला आईपीओ प्राप्त गर्ने सेयरधनीमा कम्पनीको आईपीओले कति ओपनिङ रेन्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ। कम्पनीकाे आईपीओले पहिलो कारोबारको लागि १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसासम्म ओपनिङ रेन्ज तोक्ने देखिएको छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

कम्पनीकाे आर्थिक वर्ष २०७९/८० को अडिटेड रिपोर्ट अनुसार प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३६ पैसा रहेको छ । त्यसैलाई आधार मानेर यसको ओपनिङ तोकिनेछ ।

प्रकाशित मिति : 16:53