७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

डडेलधुरा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुग्यो, ११ जनाको अवस्था गम्भीर

७ मंसिर, डडेलधुरा । डडेलधुरको  रडुवा खोलामा भएको स्कुल दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । प्रहरीका अनुसार डडेल्धुरा–डोटी जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा खोला भन्ने ठाउँमा बिहीबार साँझ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु गएको छ भने २६ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कर्णबहादुर रौलेका अनुसार दुर्घटनामा घातइे भएका मध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।  गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि कैलाली रिफर गरिएको छ भने अन्य १५ जनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भैरहेको छ ।

तस्बीरः विमल विष्ट उज्यालोअनलाइन/डोटी ।

ओरालो सडक र बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने ट्राफिक प्रहरीको अनुमान छ ।प्रहरीका अनुसार डडेल्धुराको उग्रतारा मन्दिरको मेला हेरेर डोटी फर्किने क्रममा बिहीबार बेलुकी पौने ६ बजेतिर बस दुर्घटनामा परेको थियो। डोटीको शिखर नगरपालिका १२ मा रहेको पिसजोन एकेडेमीको से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना पुरुष र ५ जना महिला रहेका छन ।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार ०८:१०