गोली हानी हत्या भएका हुुसेनका परिवारलाई दश लाख नगद र रोजगारी
७ मंसिर, काठमाडाैँ । सुनसरी दुहबीमा मारिएका फिदा हुसेनका परिवारलाई सरकारले राहतस्वरुप १० लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै सरकारले परिवारको सदस्यलार्इ रोजगारीको व्यवस्था समेत गर्ने भएको छ । अज्ञात व्यक्तिको गोली प्रहारबाट हुसेनको बुधबार बिहान हत्या भएको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै मृतक हुसेनका छोरालाई सरकारकोतर्फबाट रोजगारी उपलब्ध गराउने बताए । घटनाको छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलमा पुगी अध्ययन शुरु गरिसकेको जानकारी दिँदै उनले दोषी पत्ता लगाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार ०७:४८












