२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड, ९ लाख बढीको हात खाली

२५ फागुन, काठमाडौँ ।सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले  गत फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज बिहान बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बाँडफाँड भएको  हो ।

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्काशन गरेको थियो। कम्पनीको आईपीओ कुल ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ता सेयरका लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको छ। जसमध्ये ९ लाख ५८ हजार ९५९ जनाको आवेदन स्वीकृत भएको छ भने १ हजार ३४२ आवेदन रद्द भएको छ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट बाँडफाँड  गर्दा ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले सेयर पाएका छन् । ५० देखि ५ हजार कित्ता सम्मका लागि आवेदन दिएका ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर पाएका हुन् । बाँकी रहेको २६ कित्ता सेयर २६ जनाले थप एक एक कित्ताका दरले पाएका छन् । भने ९ लाख ३ हजार ४३८ आवेदकको हात खाली भएको छ ।

प्रकाशित मिति : 10:18