१७ आश्विन २०८१, बिहीबार | Fri Oct 4 2024

अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने

२४ फागुन, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी हुने भएको छ । आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय भएको सो पार्टीका प्रवक्ता मनीषकुमार सुमनले जानकारी दिए । मन्त्रीको टुङ्गो लगाउने तथा कतिपय अन्य विषयमा निर्णय हुन भने बाँकी रहेको उनले बताए ।

उनका अनुसार आजको बैठकले उपप्रधानमन्त्रीसहित अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार १६:१७