२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

नयाँ अर्थमन्त्रीलाई नेप्सेको स्वागत, १३.५१ अंकले बढ्दा ३ अर्ब १९ करोडको कारोबार

२४ फागुन, काठमाडाैँ । नयाँ गठबन्धनको नयाँ अर्थमन्त्रीलाई सेयर बजारले स्वागत गरेकाे छ । गठबन्धनको बुधबार बसेको बैठकले वर्षमान पुनलाई अर्थमन्त्रीमा नियुक्त गरेको थियो। साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बिहीबार एक कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । यस दिन एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य सर्वाधिक घटेकाे छ ।

प्रकाशित मिति : 15:23