२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

राष्ट्रसंघको सीएसडब्लुमा महिला बालबालिका मन्त्री भगवती चाैधरीले सहभागिता जनाउने

२४ फागुन, काठमाडौँ । सरकाले संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी आयोग (सीएसडब्लु)को ६८औँ  बैठकमा भाग लिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चाैधरीलाई पठाउने भएको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चाैधरीललाई उक्त बैठकमा सहभागी हुन अनुमति दिएको हो ।

महिलाको स्थितिसम्बन्धी आयोगको ६८औँ सत्र मार्च ११ देखि २२ सम्म चल्दैछ । उक्त बैठकमा सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्र संघका संस्थाहरू र विश्वका सबै क्षेत्रहरूबाट मान्यता प्राप्त गैर-सरकारी संस्थाहरू (एनजीओ) को प्रतिनिधिहरूलाई आमन्त्रित गरिएको छ।

यो लैङ्गिक समानता र महिला सशक्तिकरण सम्बन्धी संयुक्त राष्ट्रसंघको सबैभन्दा ठूलो वार्षिक भेला हो । यसवर्ष “लैङ्गिक समानता र सशक्तिकरणको उपलब्धिलाई तीव्रता दिने” भन्ने नाराका साथ बैठक हुँदैछ । विश्व लैङ्गिक समानताको लागि यो बैठक महत्वपूर्ण मानिनन्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार १२:०१