४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

नेप्सेमा थप ४४ लाख २३ हजार कित्ता बोनस सेयर सूचिकृत

२३ फागुन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सोल्टी होटल लिमिटेडको ५ प्रतिशत बोनस बापतको ४४ लाख २३ हजार ८६४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १५:३३