२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

बालुवाटारबाट १३ जना मिटरब्याज पीडित पक्राउ

२३ फागुन, काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितहरुलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको छ । बालुवाटारमा प्रदर्शन गर्न पुगेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जना मिटरब्याज पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो । कुशवाह मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् । पक्राउ पर्नेमा ४ महिला र ९ जना पुरुष रहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १३:०२