४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

हाथवे इन्भेष्टमेन्टको लक इन अवधि चैत १ गते सकिने

२३ फागुन, काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालले सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको साधारण सेयरको ‘लक इन’ अवधि चैत १ गते सकिने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाइएको ३६ हजार ५१२ कित्ता सेयरको लक इन अवधि सकिन लागेको जनाएको हो । कम्पनीको सेयर रजिस्ट्रारमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । यो सेयर चैत १ गतेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १२:१२