२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

शालीनको पशुपति आर्यघाटमा अन्त्येष्टि

२२ फागुन, काठमाडौँ । चितवनस्थित शिशु निकेतनको होस्टेलममा मृत भेटिएकी बालिका शालीन पोखरेलको काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका बाबुआमा दुवैजनाको उपस्थितिमा मंगलबार दिउँसो शालीनको अन्त्येष्टि गरिएको हो ।

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा गत फागुन १२ गते शालिन मृत फेला परेकी थिइन् । शालीनको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्ट भएको थियो ।आफन्तले शालीनको बलात्कारपछि हत्या भएको दाबी गरिरहँदा पोष्टमार्टम रिपोर्टमा भने झुन्डिएर आत्महत्या भएको उल्लेख छ ।

उनको हत्या भएको किटानी जाहेरीका आधारमा एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटा, भाइस-प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल पौडेललाई चितवन अदालतले सोमबार थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई चार दिनको समय दिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १६:४७