२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

पशुपति क्षेत्र वरपर मासु र मदिरा बेचबिखनमा रोक

२२ फागुन, काठमाडौं । पशुपति क्षेत्र वरपर मासु र मदिरा बेचबिखनमा रोक लगाइएको छ । शिवरात्रिमा पशुपतिनाथमा हुने मेलालाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले सो क्षेत्रमा फागुन २३ गतेदेखि फागुन २७ गतेसम्म मासु र मदिरा बेचबिखन र ओसारपसारमा रोक लगाएको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणका क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थको ओसारपसार, बिक्री, भण्डारण र सेवनमा रोक लगाइएको हो । शिव भगवानको पूजा आराधना गरी मनाउने पर्व शिवरात्रि २५ फागुन शुक्रबार परेको छ । सो दिन पशुपति क्षेत्रमा शिवको पूजा गर्न आउने सर्वसाधारणको ठुलो भिड लाग्ने गर्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १६:१८