४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

अर्थमन्त्रीमा विष्णु पौडेल नआउने हल्लाले सेयर बजारमा उच्च गिरावट

२२ फागुन, काठमाडौँ । अर्थमन्त्रीमा विष्णु पौडेल नआउने हल्लाले मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो कारोबारको दिन सोमबार अर्थमन्त्रीमा  पौडेल आउने अपेक्षाले नेप्से परिसूचक ६ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लागेपछि कारोबार बन्द भएकाे थियाे ।

मंगलबार नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ विन्दुमा बन्द भएकाे छ । यस दिन ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको १ करोड १४ लाख ६७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बोटलर्स नेपाल (बालाजु) र जोशी हाइड्रोपावरको सेयरमा नकरातमक सर्किट लाएको छ । यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक बढेकाे छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १५:१७