२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

निजामती कर्मचारीले सेयर किन्न पाउने

२२ फागुन, काठमाडौं । निजामती कर्मचारीले अब सेयर किन्न पाउने भएका छन् । सोमबार संघीय संसदको प्रतिनिधि सभामा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा र्कचारीले सेयर कारोबार गर्न पाउने व्यवस्था गरिएको छ ।

संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ मा कर्मचारीहरुको आचरणको व्यवस्था छ । त्यसअन्तर्गत कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण राखिएको छ । नेपाल सरकारको स्वीकृति विना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सन्चालनको काममा भाग लिन तथा कानुन बमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार व्यवसाय गर्न पनि कर्मचारीले पाउने छैनन् । तर, खुल्ला बजारबाट शेयर खरिद गर्न वा आधारभूत शेयरधनी नहुने गरी एक प्रतिशतभन्दा कम संस्थापक शेयर खरिद गर्न भने सकिने उल्लेख छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलवार १४:२४