२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

सिंगटी हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

२२ फागुन, काठमाडाैँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे हकप्रद सेयरमा आवेदन दिने आज (फागुन २२ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियाे। कम्पनीले चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद बिक्री आवेदन खुलाएको छ। कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन गरेको छ ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटल ,कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : 09:20