१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नेकपा एमालेमा अब ओली र खनाल गुटमात्रै, नेपाल गुट निष्क्रिय

२ चैत, काठमाडौँ । एमाले र माओवादीको एकीकृत पार्टीको अध्यक्ष माधव नेपाललाई बनाउन केपी शर्मा ओलीले आश्वास दिएको खुलासा भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा मधुसुदन रायमाझीले राष्ट्रपतिमा विद्या भण्डारीलाई मनाउनका लागि ओलीले नेपाललाई एकीकृत पार्टीको अध्यक्ष बन्न सहयोग गर्ने आश्वास दिएको उल्लेख गरिएको छ ।

त्यसअघि नेपाल र उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता खनाललाई राष्ट्रपति बनाउने पक्षमा उभिएका थिए । लगत्तै अध्यक्ष ओली र नेपालबीच पार्टी एकीकरण भएपछि बन्ने एकीकृत पार्टीको भावी अध्यक्षमा माधव नेपाललाई अगाडि सार्ने सहमतिपछि खनाल राष्ट्रपतिको रिङबाट आउट भएका थिए ।

ओली र नेपालबीच भएको सहमति अनुसार ओलीपछिको दोस्रो नेताको रुपमा नेपाललाई अगाडि सारिने भएको छ । भावी अध्यक्षको रुपमा ओलीले नेपाललाई अगाडि सार्ने सहमति अनुसार नेपालल नवौ महाधिवेशनदेखि सञ्चालन गर्दै आएको गुट ओली पक्षसँग मिलेको छ ।

राष्ट्रपतिमा पुनः विद्यादेवी भण्डारीलाई नै दोहो¥याएपछि वरिष्ठ नेता झलनाथ खनाल, उपमहासचिव घनश्याम भुसाल लगायतका नेताहरु अध्यक्ष ओलीसँग रुष्ट बन्दै आएका छन ।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार ०९:५६