१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

आगामी आर्थिक वर्षको कर नीतिको लागि अर्थ मन्त्रालयले माग्यो सुझाव

२१ फागुन, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको कर नीतिको लागि सुझाव माग गरेको छ। अर्थ मन्त्रालयअन्तगर्तको राजस्व परामर्श समितिले एक सूचना जारी गर्दै आगामी जेठ १५ गते सार्वजनिक हुने बजेटमा समावेश हुने आर्थिक ऐनको कर नीतिको लागि सुझाव मागेको हो।

‘आगामी आर्थिक वर्ष २०८०/०८१ काे आर्थिक ऐन तर्जमा गर्दा अबलम्बन गर्नुपर्ने राजस्व नीतिको साथै भन्सार महसुल, मूल्य अभिवृद्धि कर आयकर , अन्तशुल्क , गैरकर एवम् राजस्व चुहावट लगायत समग्र राजस्व प्रसाशन सुधारको विषयमा २०८० चैत १० गतेसम्ममा सुझाव उपलब्ध गराइदिन निजि क्षेत्र, सरकारी निकाय, एवं सराेबार राख्ने सबैमा राजस्व परामर्श समितिकाे हार्दिक अनुराेध छ ।’ सूचनामा भनिएको छ ।  आगामी चैत १० सम्म राजस्व परामर्श समितिको कार्यालय, विषयगत ७ वटा उपसमिति र अर्थ मन्त्रालयमातहतको निकायमा सुझाव दिन सकिनेछ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १६:४३