लाभांश प्रस्ताव पारित गर्न माउन्टेन इनर्जीले बोलायो साधारण सभा, यस्तो छ बुक क्लोज मिति
२१ फागुन, काठमाडौँ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले लाभांशको प्रस्ताव पारित गर्न चैत १३ गते वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभामा गत आवका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
साथै, सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै,चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १४:४९












