६ प्रतिशत बढ्यो नेप्से, १२ कम्पनीको सेयर सकारात्मक सर्किट
२१ फागुन, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक ६ प्रतिशत बढेर नियमित कारोबार अवधिभन्दा अगाडि नै बन्द भएको छ।
सोमबार नेप्से परिसूचक ११७.७० अंकले बढेर २०७८ विन्दुमा पुगेको छ। सोमबार बजारमा जम्मा ५ मिनेट कारोबार भएको हो। बजार खुलेको ३ मिनेट ३० सेकेण्डमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेपछि बजार २० मिनेटको लागि स्थिगित भएको थियो। सोपश्चात खुलेको बजार १ मिनेट नै नबित्दै नेप्से ५ प्रतिशत बढेपछि ४० मिनेटको लागि कारोबार स्थिगित भएको थियो। साथै, १२ बजेर ४ मिनेटको खुलेको बजार १ मिनेटमा नै तेस्रो सर्किट लागेर साेमबारका लागि काराेबार बन्द भएको हो।
साेमबार ३७ करोड ५२ लाख ९ हजार रुपैयाँ बराबरको ९ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन १२ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
साेमबार रिडी पावर, शिव श्री हाइड्रोपावर, राप्ती हाइड्रो, मेन्छियाम हाइड्रो र रिलायबल नेपालको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, एशियन हाइड्रोपावर, बाराही हाइड्रोपावर, जोशी हाइड्रोपावर र अरण भ्याली हाइड्रोपावरको ९.९९ प्रतिशतले शेयरमूल्य बढेको छ । घलेम्दी हाइड्रो र कामना सेवा विकास बैंकको ९.९८ प्रतिशतले शेयरमूल्य बढेको छ । साेमबार ५ कम्पनीकाे सेयर मूल्य घटेकाे छ ।
प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १३:४४












