२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचिकृत

२१ फागुन, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा छिमेक लघुवित्त र यूनिभर्सल पावर बोनस सेयर सूचीकृत भएको हाे ।

नेप्सेमा छिमेक लघुवित्तको ५ प्रतिशत बोनस बापतको १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर सूचीकृत भएको  छ । त्यस्तै, यूनिभर्सल पावरको ८.५५ प्रतिशत बोनस बापतको १७ लाख ९५ हजार ७९९.२५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृतपश्चात् यी दुवै कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : 12:24