२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

टेरामक्स भ्रष्टार प्रकरणः आत्मसमर्पण स्वरूप राजिनामा दिँदै मुख्यसचिव अर्याल

२० फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले बर्खास्त गर्नुअघि नै मुख्यसचिव डा. बैकुण्ठ अर्यालले राजिनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव अर्याललाई राजिनामा नदिए बर्खास्त गर्छु भन्ने निर्देशन दिएसँगै उनले आत्मसमर्पण स्वरूप राजिनामा दिने तयारी गरेका हुन् ।

मुख्यसचिव अर्याल टेरामक्स प्रकरणमा भ्रष्टाचारमा तानिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधिमा भएको भनिएको भ्रष्टाचारको छानबिनका क्रममा उनले अख्तियारमै गएर बयान समेत दिइसकेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव अर्याललाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिरहेको समयमा उनले राजिमा दिन लागेका हुन् । अख्तियारले उनीविरूद्ध विशेष अदालातमा मुद्धा दायर गर्ने तयारी समेत गरेको छ । अर्यालविरूद्ध आज या भाेलीमा अदालातमा मुद्धा दायर गर्ने तयारी रहेकाे स्राेतले जनाएकाे छ ।

टेरामक्स भ्रष्टाचार प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, सामान्य प्रशासन सचिव विनोदप्रकाश सिंह, प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर कार्की लगायत उच्च अधिकारी जोडिएका छन । टेरामक्स प्रविधि खरिद अनुसन्धान प्रक्रिया अख्तियारले अन्तिम चरणमा पऱ्याइसकेको छ । संसदको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधिमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संलग्नमाथि भ्रष्टाचारमा मुद्दा दायर गर्न यसअघि नै अख्तियारलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १५:३९