७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

हिमालयन रि इन्स्योरेन्सको सीईओको तलब भत्ता ५ करोड ३३ लाख

२० फागुन, काठमाडाैँ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/०८० मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ५ करोड ३३ लाख ४२ हजार ६२६ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ ।

कम्पनीको सीईओमा चन्द्रशेखरन रहेका थिए । यो अवधिमा कम्पनीले सीईओ, नायब प्रमुख कार्यकारी अधिकृत तथा एक जना कार्यकारी निर्देशकलाई आवास सुविधा दिएको जनाएको छ । हाल कम्पनीको सीईओमा उपासना पौडेल रहेकी छिन् ।

उनी कम्पनीमा असोज दोस्रो साता नियुक्त भएकी हुन् । त्यसैगरी इन्स्योरेन्सले अन्य प्रबन्धकलाई तलव तथा भत्ता बापत ७ करोड ४९ हजार ४९ हजार ८२४ रुपैयाँ तलब भत्ता दिएको जनाएको छ । कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश गरी ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १३:३२