१३ मंसिर २०८१, बिहीबार | Fri Nov 29 2024

मन्त्रालयमा आफैँले बनाएको कार्ययोजनासमेत कार्यान्वयन नहुँदा प्रधानमन्त्री ओली असन्तुष्ट

६ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली दुई दिनदेखि मन्त्रालयको चौमासिक समिक्षामा हुनुहुन्छ । मन्त्री, सचिव र मातहत निकायका प्रमुखसहित चार महिने समिक्षाको क्रममा आएको रिपोर्ट हेर्दा मन्त्रालय आफैले बनाएको कार्ययोजना समेत लागू हुन नसकेको पाइएको छ ।

प्रधानमन्त्री ओलीले हिजोको बैठकमा अव काममा ढिलासुस्ती गर्ने अनि तर, पनि, यदि जस्ता शब्द को सहारामा बच्न नसकिने कडा निर्देशन दिनुभएको छ । आजको बैठकमा पनि प्रधानमन्त्रीले मन्त्रालयगत समिक्षा प्रतिवेदन सुनेपछि आवश्यकनिर्देशन दिनुहुने कार्यक्रम रहेको प्रेस संयोजक चेतन अधिकारीले जनाउनु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबामा बिहिबार विभिन्न मन्त्रालयका चौमासिक प्रगति विवरण समिक्षा अहिले जारी रहेको छ । प्रधानमन्त्री ओलीले गत असारमा मन्त्रालयहरुलाई पहिलो चौमासिक कार्ययोजना बनाउन र त्यसको प्रगति विवरण बुझाउन निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार १२:३८