८ आश्विन २०८१, मंगलवार | Wed Sep 25 2024

हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली घोषणा

२० फागुन, काठमाडौं । हङकङमा हुने टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्य नेपाली टिम घोषणा गरेको हो ।

टिममा रोहित पौडेल, कुशल भुर्तेल बिनोद भण्डारी, गुल्सन झा, आरिफ शेख, विवेक यादव, सन्दिप जोरा, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम आकाश चन्द र अविनाश बोहरा रहेका छन्।

त्रिकोणात्मक सिरिजमा १० मार्चमा नेपाल र हङकङबीच खेल हुनेछ । त्यस्तै, १२ मार्चमा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोही दिन हङकङ र पपुवा न्युगिनीबीच दोस्रो खेल हुनेछ । त्यसअघि मार्च ९ मा नेपाल र हङकङबीच मैत्रीपूर्ण खेल हुनेछ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार १०:३२