४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

तीन कम्पनीको साधारण सभा आज बस्दै

२० फागुन, काठमाडौँ । तीन कम्पनीको वार्षिक साधारण सभा आज बस्दै छ । आज हिमालयन रि इन्स्योरेन्स,आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्तको साधारण सभा बस्न लागेको हो । हिमालयन रि इन्स्योरेन्सको आज बस्न लागेको तेस्रो वार्षिक साधारण सभाबाट गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित हुनेछ ।

यस्तै, सभामा बोनस सेयर वितरणपश्चात कायम हुने चुक्तापूँजीमा ८० प्रतिशत(१ः०.८० अनुपात) मा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित हुनुका साथै गत आवको वित्तीय विवरणहरु पारित हुने छन् ।

यस्तै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको सभाबाट गत आवको वित्तीय विवरणहरु माथि छलफल गरी पारित गरिनुका साथै संस्थापक समूहबाट ४ जना (१ जना महिलासहित) र सर्वसाधारण समूहबाट २ जना प्रतिनिधित्व हुने गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ । साथै, स्वाभिमान लघुवित्तको साधारण सभाबाट गत आवको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आईतवार ०९:३२