१३ मंसिर २०८१, बिहीबार | Fri Nov 29 2024

नेकपाको सचिवालय बैठक अाज, अोलीलार्इ भेट्न नपाएर असन्तुष्ट बनेका युवा नेताबारे के होला ?

६ मंसिर, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टी एकीकरणको प्रक्रिया तथा सांगठनिक एकीकरणका बारेमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताएका छन ।

यस्तै बैठकमा पार्टीको तल्लो तहमा एकीकरणका लागि नेताहरुको कार्यविभाजनको खाका पेश हुने सम्भावना छ । गाउँ, जिल्लासहितका पार्टीको तल्लो तहको एकीकरण सम्बन्धी प्रारम्भिक प्रस्ताव तयार गर्न गठित कार्यदलले प्राप्त भएका सुझावका आधारमा तयार पारेको प्रारम्भीक खाका प्रस्तुत हुने प्रवक्ता श्रेष्ठले बताए ।

यस्तै आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ पटक पटक भेट्न खोजेर पनि भेट्न नपाएर असन्तुष्ट बनेका पार्टीका केही युवा नेताले तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै गरे गरेको पत्रका बारेमा पनि छलफल हुने सम्भावना छ । बुधबार २१ केन्द्रीय सदस्यले सरकार र पार्टी सञ्चालनबारे असन्तुष्टि जनाउँदै तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार ११:५६