४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

नेप्सेमा १ करोड ८१ लाख कित्ता बोनस सेयर सूचिकृत

१८ फागुन, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) त कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा याे साता (फागुन १३ गतेदेखि १८ गते) सम्म १ करोड ८१ लाख कित्ताबढी सेयर सूचिकृत भएको हो ।

नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस बापतको १८ लाख ७५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको भएकाे छ । त्यस्तै, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको ७.५० प्रतिशत बोनस बापतको ८ लाख ६० हजार ८०९.४६ कित्ता, हाथवे इन्भेष्ट कम्पनीको १० प्रतिशत बोनस बापतको २३ लाख ४० हजार कित्ता, राधि जलविद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ७ लाख ९६ हजार ९०.४१ कित्ता, नेपाल इन्स्योरेन्सको १० प्रतिशत बोनस बापतको १४ लाख ९४ हजार ७६६ कित्ता, शिवम् सिमेन्टको १४.२५ प्रतिशत बोनस बापतको ६२ लाख ७० हजार कित्ता र शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बोनस बापतको ४४ लाख ९८ हजार ७७.३७ कित्ता बोनस सेयर गरी जम्मा १ करोड ८१ लाख ३४ हजार ७४३.२४ कित्ता सूचीकृत भएको हो ।  सूचीकृतपश्चात् यी सबै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाइनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १२:१९