११ फाल्गुन २०८२, सोमबार | Tue Feb 24 2026

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा यथावत रहने

१८ फागुन, काठमाडौँ । भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले बिहीबार नेपाललाई नयाँ मूल्य पठाएको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २१ पैसा र डिजेलमा ८५ पैसा बढाएर पठाएको छ।

त्यस्तै खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर २१ रूपैयाँ ६६ पैसा बढाएर पठाएको हो। भारतबाट मूल्य बढेर आए पनि नेपाली बजारमा हाल यी पदार्थको मूल्य यथावत रहने निगमले जनाएको छ।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार ११:०७