एक कम्पनीको १४.२५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा
१८ फागुन, काठमाडौँ । शिवम् सिमेन्टस् लिमिटेडले सेयरधनीका हितग्राही (डिम्याट ) खातामा जम्मा गरेको छ । कम्पनीको पुस २७ गते सम्पन्न आठौं वार्षिक साधारणसभाले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश पारित गरेको थियो । सभाले पारित गरेको सो बोनस सेयर फागुन १४ गतेदेखि नै सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले गत पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीको खातामा बानेस शेयर जम्मा गरेको जनाएको छ । भौतिक रुपमा सेयर धारण गरेकाहरुको भने अभौतिकीकरण गरेपश्चात स्वतः डिम्याट खातामा बोनस सेयर जम्मा गरिने कम्पनीले उल्लेख गरेको छ ।
प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार १०:०१












