२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

शर्मिला बाइवालाई ४ दिन हिरासतमा राख्न अनुमति

१७ फागुन, काडमाडौँ । पवन खतिवडा (म्याकुरी)माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंले बुधबारदेखि लागू हुने गरी वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै म्याकुरीले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा मंगलबार प्रहरीले वाइवालाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १६:३२