११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

जनकपुरको मानवसेवा आश्रमलाई सिटिजन्स बैंकको सहयोग

१७ फागुन, कठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संथागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरको मानवसेवा आश्रमलाई सेवा प्रदान गरेको छ ।

सडक तथा सार्वजनिक स्थलमा कष्टपुर्ण जिवन विताईरहेका अभिभावक विहीन मानिसहरुको उद्दार व्यवस्थापन गर्दै अएको आश्रमलाई बैंकले दैनिक उपभोग्य खाद्यान्न सामग्री हस्तान्तर गरेको छ ।

उक्त खाद्यन्न बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरलले हस्तान्तरण गरेका हुन् । सिटिजन बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता खालको सहयोग गर्दै आएको सिइओ पोखरेलले बताए । आगामी दिनमा पनि यस्ता सामाजिक सेवा र सहयोगमा बैंकले जोड दिने उनको भनाई थियो ।

संथागत सामाजिक उत्तरदायित्तव कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, संस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजन गर्नै बैंकले जनाएको छ।

दैशैभरी फैलिएका आफ्ना १९०ं वटा शाखा, १५२ वटा ए.टि.एम र ९७ वटा शाखा रहित बैकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकलाई आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको । हाल ५५ जिल्लामा सेवा प्रदान गरे सँगै बैंकले आर्थिक वर्षमा थप ५ शाखा विस्तार गरेर ६० वाटा जिल्लामा सेवा प्रदान गर्नै बताएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १५:५३