४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

नेप्से घटेपनि बढ्यो कारोबार रकम, एक कम्पनीको सेयरमा सकारात्मक सर्किट

१७ फागुन, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा बन्द भएकाे छ । बिहिबार २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर किनबेच भएको छ ।

बिहीबार एक कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन बोटलर्स नेपाल (बलाजु) को सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । यस दिन जोशी हाइड्रोपावरको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। बिहीबार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडकाे सबैभन्दा बढी काराेबार भएकाे छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार १५:१९