१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बलात्कार सम्बन्धी आरोप सार्वजनिक भएपछि भारतीय कलाकार आलोक नाथविरुद्ध मुद्दा दर्ता

६ मंसिर,मुम्बई । भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ । मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उहाँविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

भारतमा बढ्दै गइरहेको मि टु अभियानका कारण अन्य केही कलाकारलाई पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ । एक जना लेखक तथा उत्पादक भिन्टा नन्दले वरिष्ठ कलाकार आलोकलाई १९ वर्ष अगाडि बलात्कार गरेको आरोप लगाउनुभएको समाचारमा जनाइएको छ ।

“हिजो (मङ्गलबार) भिन्टा नन्द मुम्बईको ओसिवारा प्रहरी कार्यालयमा आउनुभयो र आलोक नाथविरुद्ध उजुरी दिनुभयो,” एक प्रहरी अधिकारीले भने उहाँकै उजुरीका आधारमा आलोकविरुद्ध मुद्दा दायर गरिएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार १०:१८