कांग्रेस नेता खड्काको सिफारिसमा उदयपुरबाट भारतीय महिलाले पाइन नेपाली नागरिकता
६ मंसिर उदयपुर । नेपाली कांग्रेसका नेताको सिफारिसमा उदयपुरमा एक जना भारतीय महिलाले नेपाली नागरिकता पाएको खुलासा भएको छ । नेपाली कांग्रेसका नेता समेत रहेका उदयपुरको त्रियुगा नगरपालिकाका वडा अध्यक्ष प्रकाश खड्काको सिफारिसमा भारतीय महिला लजिना खातुनले नेपाली नागरिकता पाएको प्रहरीले जनाएको छ । खातुनले नेपाली नागरिकता पाएको विषयमा स्थानीय प्रशासनले छानविन सुरु गरेको प्रहरीले जनाएको छ ।
छानविनका क्रममा लजिनाको नागरिकताका लागि सिफारिस सर्जमिन मुचुल्का सहीछाप गर्ने दर्जनभन्दा बढीसँग बयान समेत लिइएको छ । झुटो विवरण पेस गरी त्रियुगा नगरपालिका १०, बोक्से बस्ने भारतीय लजिनाले नेपाली नागरिकता लिएकी थिइन् । भारतीय नागरिकसँग विवाह गरेकी दिल मोहमदकी ३१ बर्षीया छोरी लजिनालाई स्थानीयको अविवाहित सर्जजमिन मुचुल्कासहित त्रियुगा नगरपालिका १० का वडाध्यक्ष प्रकाश खडकाको सिफारिसमा नेपाली नागरिकता दिइएको हो ।
प्रकाशित मिति : ६ मंसिर २०७५, बिहीबार ०९:२५