सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै पशुपति रिन्यूएबल्स
१६ फागुन, काठमाडौँ । पशुपति रिन्यूएबल्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम वार्षिक साधारण सभा चैत ७ गते काठमाडौँको नक्सालमा रहेको लिसरा रिसेप्सनमा बोलाएको छ ।
सभामा आईपीओ निष्कासन गर्ने र कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै, सभामा गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरिनुका साथै सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
प्रकाशित मिति : 09:31









