२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

निजगढ वर्कसपमा विस्फोटः मृत्यु हुनेको संख्या ३ पुग्यो

१५ फागुन, काठमाडौं । बाराको निजगढमा विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । तीन जना घाइतको उपचार भइरहेको छ । निजगढ नगरपालिका ७ मा रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार मध्याह्न विस्फोट भएको थियो । विस्फोटमा परी घाइते भएका वीरगञ्ज (९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको छ ।

यसअघि हिजो सोहि वर्कसपका सञ्चालक ४५ वर्षीय रेशम पुलामी र भारतका राकेश जैसवालको मृत्यु भएको थियो । घटनाको अनुसन्धानका क्रममा कवाडी किन्ने भारतका रमेश जैसवाल र निजगढका टिकाराम पाख्रिनलाई प्रहरी पक्राउ गरिसकेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलवार १२:५४