२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

७३ वर्षीया चन्द्रकुमारीले क्यान्सर पीडितलाई सहयोग गरेर जन्मदिन मनाइन

१४ फागुन, काठमाडौँ । समाजसेवी चन्द्रकुमारी सिलवालले आफ्नो ७३ औँ जन्मदिनको उपलक्ष्यमा क्यान्सर पीडितलाई नगद तथा बालगृहमा खाद्य सामग्री वितरण गरेकी छिन् । सिन्धुपाल्चोकको जुगल-४ मान्जे सिन्धुपाल्चोक निवासी सिलवालले आफ्नो जन्मदिनको अवसरमा सो कार्य गरेकी हुन् ।

जुगल-४ को क्यान्सर पीडित स्वस्थानी सिलवाललाई अस्पतालमा पुगेर नगर रु १० हजार सहयोग गरेकी हुन् । आज विहान गोकर्णेश्वर नगरपालिका-४ जोरपाटीमस्थित बुद्धिष्ट बालगृहमा रहेका बालबालिकाहरुका लागि खाद्य सामाग्रीहरु (दाल, चामल, नुन, तेल, चिनी, सोयाबिन आदि) दिएकी थिइन ।

यसअघि पनि उनले आफ्नो जन्मोत्सवमा विभिन्न ठाउँमा दुःखी, पिडितहरुलाई सहयोग गर्दै आइरहेकि छिन् । ‘जन्मदिन यस्तो काम गर्दा मन आनन्दित हुन्छ, अहिलेसम्म सकेको सहयोग गरिरहेको छु’, सिलवालले दैनिकीसँग भनिन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १९:५०